काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर ५ बनाउने घोषणा गरेकी छन् । यसअघि ए मेरो हजुरका ४ सिक्वेल निर्माण तथा निर्देशन गरेकी थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिक्वेलको रुपमा ए मेरो हजुर ५ निर्माण गर्ने घोषणा गरेकी हुन् ।
थापाले यसअघि ए मेरो हजुरको दोस्रो, तेस्रो र चौथो सिक्वेलको साथै गत भदौमा प्रदर्शनमा आएको एक भागवत र गीता सामाजिक कथा नामक चलचित्र निर्माण गरेकी थिइन् । एक भागवत र गीताले प्रदर्शनको सम्मुखमा आएर विभिन्न धार्मिक संगठनहरुके चर्को विरोधको मार खेप्नु परेको थियो । विरोधकै वावजुद प्रदर्शनमा आएको एक भागवत र गीता नराम्ररी फ्लप भएको थियो ।
यो फिल्मको असफलतापछि केही समय चुप बसेकी झरनाले अहिले फेरि नयाँ फिल्म घोषणा गरेकी हुन् । उनले फिलमको बारेमा अन्य जानकारी दिएकी छैनन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend