Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झरना थापाले ए मेरो हजुर ५’ निर्माण गर्ने


    मंगलबार, पुष १७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर ५ बनाउने घोषणा गरेकी छन् । यसअघि ए मेरो हजुरका ४ सिक्वेल निर्माण तथा निर्देशन गरेकी थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिक्वेलको रुपमा ए मेरो हजुर ५ निर्माण गर्ने घोषणा गरेकी हुन् ।

    थापाले यसअघि ए मेरो हजुरको दोस्रो, तेस्रो र चौथो सिक्वेलको साथै गत भदौमा प्रदर्शनमा आएको एक भागवत र गीता सामाजिक कथा नामक चलचित्र निर्माण गरेकी थिइन् । एक भागवत र गीताले प्रदर्शनको सम्मुखमा आएर विभिन्न धार्मिक संगठनहरुके चर्को विरोधको मार खेप्नु परेको थियो । विरोधकै वावजुद प्रदर्शनमा आएको एक भागवत र गीता नराम्ररी फ्लप भएको थियो ।

    यो फिल्मको असफलतापछि केही समय चुप बसेकी झरनाले अहिले फेरि नयाँ फिल्म घोषणा गरेकी हुन् । उनले फिलमको बारेमा अन्य जानकारी दिएकी छैनन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार