काठमाडौं। प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । आज दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका १ बस्ने ३५ वर्षीय बल बहादुर सुनार, उनकी ३४ वर्षीया श्रीमती सङ्गीता सुनार, सोही ठाउँकी युनिका सुनार,कपिलवस्तुको शिवराज नगरपालिका १ का ५८ वर्षीय अने सुनार र उनका छोरा २६ वर्षीय दुर्गा बहादुर सुनार,सोही ठाउँका १४ वर्षीय निम बहादुर सुनार, १६ वर्षीय हुकुम बहादुर सुनार, २० वर्षीया सावित्रा सुनार छन् ।
यस्तै घाइते हुनेमा दाङको राप्ती गाउँपालिका २ लाल मटिया ३५ वर्षीया जानकी आचार्य, कपिलवस्तु नगरपालिका ९ का ६७ वर्षीय यमलाल जोशी, रुपन्देही गैँडाहवा गाउँपालिका २ का ४६ वर्षीया विष्णु माया गिरी, प्युठानको बाग्दुला नगरपालिका ९ का १९ वर्षीया सृष्टि आले, कपिलवस्तु बाणगंगा नगरपालिका ८ का ७० वर्षका झक्कु प्रसाद उपाध्याय, कपिलवस्तु नगरपालिका ९ का ५८ वर्षीय निम प्रसाद खनाल रहेका छन् ।
उनीहरूको नेपालगन्ज र बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend