Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलको प्रश्न– गाउँ किन रित्तिँदै छ ? शासनसत्तामा बस्नेले चासो दिनुपर्‍यो


    मंगलबार, पुष १० २०८०
    1.5K
    Shares
    ?????????????????????????????????????????????????????????
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली विदेशिरहेको भन्दै यसलाई रोक्न स्वदेशमै रोजगारी र सिपमूलक शिक्षा दिनुपर्ने भन्दै गुनासो पोखेका छन् ।

    आज सरस्वती बहुमुखी क्याम्पसको ६५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने उल्लेख गरे।

    उनले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताए । राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको बताए ।

    उनले गाउँ किन रित्तिँदै छ भन्नेबारेमा नीति निर्माण र शासनसत्तामा बस्नेहरूको चासो र चिन्ता हुनुपर्नेमा जोड दिए ।

    “गाउँमा मोटर पुग्यो । बिजुली बल्यो, सञ्चार, स्वस्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेजहरू गाउँमा पुगे । तर गाउँ रित्तो भइसक्यो,” पौडेलले भने, “त्यसलाई उपभोग गर्ने मानिसको अभाव भइसक्यो । आज गाउँ किन रित्तिँदै छ, नीति निर्माण र शासनसत्तामा बस्ने सबैको चिन्ता यसैमा केन्द्रित हुन जरुरी छ । शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवा ताँती लागेर विदेशिने क्रम रोक्ने गरी रोजगारी र सिपमूलक शिक्षा दिन जरुरी छ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार