Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु


    शनिबार, पुष ७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बारामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बाराको कलैया उप–महानगरपालिका–१३ बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उप–महानगरपालिकाको वडा नम्बर १२ बस्ने २२ वर्षीय अभिमन्यु कुशवाहा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल शुक्रबार राति बाराको प्रसौनीमा आफै अनियन्त्रित भएर दुधौरा खोलाको पुलको पिल्लरमा ठोक्किन पुगेको थियो । घटनामा दुई जना गम्भीर घाइते भएका थिए ।

    उनीहरूको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार