Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्रहरीको सेटिङमा क्यासिनोमा नेपालीको लर्को, प्रतिबन्धित भारुको कारोबार


    शुक्रबार, पुष ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • रुपन्देही । क्यासिनो नियमावलीमा नेपालीलाई प्रवेश गराएमा अनुमति खारेज हुने ब्यवस्था छ । तर नेपाल–भारत सीमावर्ती क्षेत्रमा खोलिएका क्यासिनोमा नेपालीको निर्वाध प्रवेश हुँदैआएको छ । काठमाडौंमा सिक्किम, दार्जिलिङको नक्कली भारतीय आधार कार्ड बनाएर रुपमा प्रहरी सेटिङमा नेपालीलाई प्रवेश गराउने गरिएको छ । तर भैरहवामा संचालित क्यासिनोमा भने प्रहरीको सेटिङमा नेपालीको लर्को लाग्ने गरेको छ ।

    भैरहवाका क्यासिनोमा नेपाली नागरिकहरुलाई प्रवेश र प्रतिबन्धित भारतीय नोटको कारोबार हुने गरेको छ । तर रुपन्देहीका एसपी भरतबहादुर विकले नेपाली प्रवेश रोक्न र भारतीय नोटको कारोबार नियन्त्रणमा चासो नदेखाएको आरोप छ ।

    भैरहवामा मात्र होटल लाकोल, होटल निर्भाना, होटल नान्स, बोधी रेडसन होटल, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, होटल मौर्यामा हाल क्यासिनो संचालित छन् । यी क्यासिनोमा नेपाली नागरिकहरुलाई प्रवेश दिइएकोर नेपालमा १ सय रुपैयाँभन्दा माथिको प्रतिबन्धित भारतीय नोटको खुलेआम कारोबार हुने गरे पनि सेटिङका कारण एसपी विकले छापा नमारेको स्रोतको दावी छ ।

    केही समयअघि भैरहवाको होटल निर्भानामा रहेको निर्भाना लक्जरी क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना आईजीपी बसन्तबहादुर कुवँरसमक्ष पुगेपछि उनले तत्काल लुम्बिनी प्रदेशका डिआइजी उमेशराज जोशीमार्फत् रुपन्देहीका एसपीलाई क्यासिनोमा छापा मार्न निर्देशन दिएका थिए । तर, क्यासिनोबाट मासिक असुलीका कारण एसपी विकले छापा नमारेपछि डीआइजी जोशीले कारवाहीको चेतावनी दिएपछि नचाहँदा नचाहँदै पनि क्यासिनोमा छापा मार्दा केही नेपाली नागरिक फेला परेपछि बाध्यताले पक्राउ गर्नुपरेको थियो । यस घटनाले पनि प्रहरी सेटिङमा भैरहवा क्षेत्रका क्यासिनोहरुमा नेपाली नागरिकहरुलाई सहजै प्रवेश गराएर जुवा खेलाउने गरेको पुष्टि हुन्छ ।

    एसपी भरतबहादुर विक

    क्यासिनोबाट पक्राउ परेका नेपालीलाई कारबाही नगरी छाड्न लाग्दा डीआइजी जोशीले पुनः कारवाहीको चेतवानी दिएपछि जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र व्यवहारको मुद्दा चलाई क्यासिनो संचालक र पक्राउ परेकाहरुलाई एसपी विकले राहत दिएका थिए । मासिक रुपमा रकम बुझेकै कारण विकले नूनको जोहो गरेको स्थानीयस्तरमा चर्चाको विषयमा बनेको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी भरतबहादुर विकले क्यासिनोमा जुवा खेल्दाखेल्दै पक्राउ गरिएका नेपालीलाई अभद्र ब्यवहारमा मुद्दा चलाइएको कुरा अस्वीकार गरे । उनले भने–‘त्यस्तो भएको छैन । कानुन अनुसार भएको छ ।’

    भैरहवा क्षेत्रका क्यासिनो संचालकहरुले भारतीय नागरिकलाई लिनका लागि बेलहिया नाकासम्मै आफ्नो गाडी समेत पठाउने गरेका छन् । उक्त गाडी र त्यसमा बस्ने भारतीय नागरिकको प्रहरीले सुरक्षा जाँचसमेत गर्दैनन् । रकम बुझाएकै कारण क्यासिनोका गाडीहरु प्रहरीहरुको चेकप्वाइन्ट हँँुदै सहजै आउजाउ गर्ने गरेको स्थानीय बताउँछन् । निर्देशन अनुसार क्यासिनोमा छापा मार्न त नखोजेका एसपी विकले ती गाडीहरुबाट सीमा क्षेत्रमा ठूलो मात्रा भारुको अवैध कारोबार हुने गरे पनि सुरक्षा जाँच समेत गर्न चाहँदैनन् । सीमापारीबाट आएका व्यक्तिहरुले क्यासिनो खेल्न जाने भन्दै गाडी बसेर विना कुनै चेकजाँच निर्धक्क सीमाको सुरक्षा जाँच पार गर्छन् ।

    क्यासिनोमा नेपाली नागरिक प्रवेश गराउने र गाडीहरुबाट भारतीय रुपैयाँको अवैध कारोबार हुनेगरेपछि क्यासिनोका संचालहरुले अ–आफ्नो तर्फबाट एसपी विकको ‘मुखमा बुझो’ लगाइदिएपछि डीएसपीको कमाण्डमा रहेको सस्शत्र प्रहरीको डण्डा टोलीले होटल लाकोल र होटल नान्समा रहेको क्यासिनोको गाडी सीमानाकाबाट होटलतर्फ आउँदै गर्दा गाडी नियन्त्रणमा लिएर खानतलासी गरेपछि दश लाख बढी भारतीय रुपैयाँ (प्रतिबन्धित नोट) बरामद गरेको थियो । पछि क्यासिनो संचालकहरुले सशस्त्रको कमाण्डहरुको मुखमा पनि बुझो लगाइदिएपछि सीमा क्षेत्रबाट हाल क्यासिनोको गाडीहरुबाट निर्वाधरुपमा भारुको अवैध कारोबार भइरहेको समाचार स्रोतको भनाइ छ ।

    ‘अहिले पनि क्यासिनोको गाडीहरुको जाँच र क्यासिनोमा छापा मार्ने हो भने एउटै क्यासिनोमा मात्रै लाखौँ रुपैयाँका प्रतिबन्धित नोटहरु फेला पर्छन्’ स्रोतले भन्यो, ‘तर, मासिक रकम असुलीकै कारण प्रहरी क्यासिनोमा पस्न समेत चाहँदैन ।’

    प्रहरीले क्यासिनोबाट असुलीको विषय आइजीपी बसन्त कुवँरसम्म नपुगेको पनि होइन तर माओवादीको ट्याग लगाएर रुपन्देहीमा पुगेका एसपीको पावरका अगाडि कुवँर समेत निरीह बनेका छन् । एसपी विकको विषयमा माथिल्लो निकायमा अधिक गुनासा÷उजुरीहरुका कारण आइजी समेत आजित छन् । केही समयअघि देशभरका जिल्ला प्रमुखहरुको अनलाइन बैठकमै आईजी कुवँरले रुपन्देहीको एसपीलाई क्यासिनोबाट असुलीको विषयमा चेतावानी दिंदै सचेत गराएका थिए । तर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव रमेश मल्लको आशीर्वादका कारण उनले आफ्नै संगठन प्रमुखलाई टेरपुच्छर लगाएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार