काठमाडौं। सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने छ भने सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइडविरुद्धको टि.सि.भीं खोप लगाइने छ ।
जाजरकोट र रुकुमपश्चिम जिल्लामा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई छुट खाेप पनि दिइने मन्त्रालयले जनाएको छ ।
छुट खोपका लागि नियमित खोप कार्ड लिएर आउन समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend