Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कांग्रेसले प्रचण्डलाई काम गर्न नसके हटाउछौं भन्न सक्नुपर्छ : गगन थापा


    शनिबार, मंसिर ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताएका छन् । आज पाल्पामा आयोजित कार्यक्रममा बाेल्दै थापाले यस्ताे बताएका हुन् ।

    कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए ।

    थापाले भने, ‘यो एक वर्षभित्र धेरै काम हुन सकेन, तपाईसँग मौका छ, …यत्तिको स्थिरता हुँदै गर्दा, यत्तिको अनुकुलकता हुँदै गर्दा गर्नुपर्ने काम तपाई गर्नुहुन्छ भने तपाईलाई प्रधानमन्त्रीको रुपमा राखिराख्छौं, तपाईलाई मद्दत गरिराख्छौं, तपाई काम गर्न सक्नुहुन्न भने सिंहदरबारबाट खुमलटार पुर्‍याउछौं भनेर भन्न सक्नुपर्छ ।’

    प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको उनकाे भनाइ छ । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्‍यो भनेर भन्न नसकिने महामन्त्री थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार