Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिन् बिहे


    बिहिबार, मंसिर २८ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले बिहे गरेकी छन्। उनले आज बिहीबार सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी हुन् ।

    अहिले काठमाडौंको हायात होटलमा श्रृंखला र सम्भवको विवाह समारोह भइरहेको छ ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

    विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार