Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिल्म ‘एनिमल’ ले कति कमायो?


    बुधबार, मंसिर २७ २०८०
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बलिउड अभिनेता रणवीर कपूरको फिल्म ‘एनिमल’ यतिबेला चर्चामा छ । रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ ले आक्रामक सुरुवात गर्दै अहिलेसम्मा विश्वभरबाट ७ सय करोड कमाएको छ। यस फिल्मले पहिलो दिमै विश्वभरबाट ११६ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो ।

    ‘एनिमल’ रणवीर कपुरको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्म समेत बनेको छ ।

    त्यस्तै हालै मात्र निर्माण टिमले सामाजिक सञ्जालमा फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै लेखेको छ,’बक्स अफिसको रेकर्डको पुनर्लेखन’ । फिल्मले प्रदर्शनको ११ औं दिनमा ७ सय ३७ करोडभन्दा माथिको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    एनिमल यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको तेस्रो स्थानमा आउँछ । रणवीरसँगै रश्मिका मन्दना, बवी देवल अभिनित फिल्म स्त्रीद्वेषी, पुरुषत्त्वले भरिएको समीक्षाहरुमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार