काठमाडौंं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टीले सरकार चलाउँदा कुशासन किन भएको छ ? भन्दै प्रश्न खडा गरेका छन् ।
आइतबार सानेपामा कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को लोकार्पण कार्यक्रममा उनले एउटा काण्ड सेलाउन नपाउँदै अर्को देखिन थालेको बताए ।
“पछिल्लो समय हामी को हौँ ? आज हामी सरकारमा छौँ, कुशासन छ । नागरिक कुशासनले आजित छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को आउँछ,” उनले भने, “सुशासनका लागि जन्मेको पार्टी हो, हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ? जरा कहाँ छ ?”
उनले पार्टीमा फरक शैलीबाट काम गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टी क्यालेन्डरअनुसार नै काम गरिने उनको भनाइ छ ।
“पार्टी फरक आईडी हो भने त्यसानुसार काम गर्नुपर्छ । जाजरकोट भूकम्प र एक हजार घर बनाउने, महासमिति बैठक तयारीलगायत विषयले क्यालेन्डरअनुसार काम हुन सकेन । क्यालेन्डर रिभाइज गर्दै छौँ,” उनले भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend