Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • फिलिपिन्समा यात्रुबाहक बस दुर्घटना, १७ जनाको मृत्यु


    बुधबार, मंसिर २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस दुर्घटना भएको छ। उक्त बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा बस दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।

    मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए । घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको उनले बताए ।

    मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएका छन् । प्रान्तीय गभर्नर रोडोरा काडियोका अनुसार बसमा चार केन्यालीसहित अधिकांश एन्टिकका बासिन्दा थिए । यद्यपि पछि प्रहरीले बसमा दुई जनामात्र केन्याली रहेको पुष्टि गरेको छ । एउटा शवको सनाखत हुन सकेको छैन ।

    बस अग्लो स्थानबाट खस्दा ठूलो मात्रामा क्षति भएको हो । यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको हुनसक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार