Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले बिहे गरिन्


    सोमबार, मंसिर १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाँधिएकी छन् ।

    अन्जनाले आज सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूबीच धुलिखेलमा विवाह भएको हो।

    १४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नामले चर्चित बनेकी अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन्।

    अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू-१९ टिमको कप्तानी समेत गरेकी थिइन्।

    रौतहटको चन्द्रपुरकी अन्जनाले ११ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेको थिइन्। त्यसको तीन वर्षमा उनी राष्ट्रिय टिममा परेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार