काठमाडौं। राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरूलाई अध्ययन गर्दा विगत चार वर्षमा कर्मचारीहरूले राजनीतिक नेतृत्व र व्यापारीहरूसँग सेटिङ गरी ११ अर्ब रुपियाँभन्दा बढी अकुत सम्पति आर्जन गरेको पाइएको छ । यद्यपि, भ्रष्टाचार कार्यमा सेटिङ गरी अकुत सम्पति आर्जन गर्ने राजनीतिक नेतृत्व र व्यापारिक पक्ष भने बिरलै मात्र अख्तियारको छानबिनमा परेको पाइएको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७९/८० सम्मको चार वर्षको अवधिमा ८८ जना कर्मचारीहरूको ११ अर्ब रुपियाँभन्दा बढी अकुत सम्पति देखिएको हो । अकुत सम्पति देखिएपछि अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचारमा मु्द्दा दायर गरेको छ । यद्यपि, कतिपय मुद्दामा कर्मचारीहरूले विशेष अदालतबाट सफाइ पाएका छन् । सफाइ पाएका कर्मचारीकाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारको ३०, ३१, ३२ र ३३ औं प्रतिवेदनलाई विश्लेषण र अध्ययन गर्दा ८८ जना कर्मचारीहरूले सो अवधिमा ११ अर्ब भन्दा बढी अकुत सम्पति आर्जन गरेको पाइएको हो । अकुत सम्पति आर्जन गरेका कर्मचारीले काठमाडौंमा मात्रै ३–४ वटा घर बनाएको, अन्य विभिन्न शहरमा करोडांैको जग्गा जोडेको र करोडौंको सेयर लिएको पाइएको छ । अकुत सम्पति आर्जन गरेर भ्रष्टाचारमा मुछिएका अधिकांश कर्मचारीका ३–४ जनासम्म श्रीमतीसमेत रहेका छन् ।
अख्तियारले ती कर्मचारीको सम्पतिको स्रोत अध्ययन गर्दा उनीहरू कसैले पनि वैधानिक स्रोत देखाउन सकेका छैनन् । यसरी अकुत सम्पति आर्जन गर्नेमा सुब्बा र अधिकृत स्तरका कर्मचारीका साथै उपसचिव स्तरका कर्मचारी पनि बढी देखिएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend