Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुर ११ का वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुलाई ५० हजार रूपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

    रंगेहात पक्राउ परेका दुवै जनालाई ५० हजार रुपैयाँ विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार