Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भूकम्पपीडितलाई राहत लिएर चिनियाँ सेनाका दुई जहाज पोखरा आइपुगे


    बुधबार, कार्तिक २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। जाजरकोटलगायत जिल्लामा गएको भूकम्पबाट पीडितलाई राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरा विमानस्थल ओर्लिएका छन् । जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज पोखरा आइपुगेका हुन् ।

    चीनको छेङ्दुबाट आएका ती जहाज बिहान ९:३० र ९:४० मा अवतरण गरेका हुन् । ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले रुकुम पश्चिम र नेपालगञ्ज पुर्‍याउने छ ।

    विमानस्थलमा ती सामग्री बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र हस्तान्तरण गर्न चिनियाँ राजदूत छन् सोङ नेपाली सेनाको जहाजमार्फत पोखरा आइपुगेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार