काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजधानीदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा सहभागी भएपनि नेता, कार्यकर्ता निराश रहेको दाबी गरेका छन्।
शनिबार बिहान पोखराका पत्रकारमाझ उनले तीन तहकै सरकारमा हुँदा पनि निराश हुनु उदेकलाग्दो भएको टिप्पणी गरे । “सबैतिर हामी सरकारमा छौँ । केही समयपछि सङ्घ सरकारको नेतृत्व पनि हाम्रै हुनेछ । सबैभन्दा दुःखी हामी नै छौँ किन ?” उनले जिज्ञासा गरे।
महामन्त्री थापाले भने, “आठ लाख ६६ हजार कार्यकर्ता भएको देशको सबैभदा पुरानो र सबैभन्दा ठुलो पार्टी काङ्ग्रेसलाई युगसापेक्ष बनाउन केही वैधानिक प्रावधान नै बदल्नुपर्छ ।”
निर्वाचनमा टिकट बाँड्ने प्रक्रिया, पार्टी सदस्यता वितरण प्रक्रिया, आर्थिक पारदर्शिता र निर्णय प्रक्रिया बदल्नु पर्ने उनको भनाइ छ । कोशी प्रदेशमा फरक गठबन्धनबाट सरकार बनेकोतर्फ इङ्गित गर्दै उनले त्यसको समाधान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाले निकाल्नुपर्छ भने ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend