काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजधानीदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा सहभागी भएपनि नेता, कार्यकर्ता निराश रहेको दाबी गरेका छन्।
शनिबार बिहान पोखराका पत्रकारमाझ उनले तीन तहकै सरकारमा हुँदा पनि निराश हुनु उदेकलाग्दो भएको टिप्पणी गरे । “सबैतिर हामी सरकारमा छौँ । केही समयपछि सङ्घ सरकारको नेतृत्व पनि हाम्रै हुनेछ । सबैभन्दा दुःखी हामी नै छौँ किन ?” उनले जिज्ञासा गरे।
महामन्त्री थापाले भने, “आठ लाख ६६ हजार कार्यकर्ता भएको देशको सबैभदा पुरानो र सबैभन्दा ठुलो पार्टी काङ्ग्रेसलाई युगसापेक्ष बनाउन केही वैधानिक प्रावधान नै बदल्नुपर्छ ।”
निर्वाचनमा टिकट बाँड्ने प्रक्रिया, पार्टी सदस्यता वितरण प्रक्रिया, आर्थिक पारदर्शिता र निर्णय प्रक्रिया बदल्नु पर्ने उनको भनाइ छ । कोशी प्रदेशमा फरक गठबन्धनबाट सरकार बनेकोतर्फ इङ्गित गर्दै उनले त्यसको समाधान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाले निकाल्नुपर्छ भने ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend