Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानको घोषणा: नेपाल र ओमानबीच हुने फाइनल खेलको टिकटबाट आउने आधा रकम भूकम्प पीडितलाई दिने


    शनिबार, कार्तिक १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टि-२० विश्वकप २०२४ को एसिया छनोटको फाइनल खेलको टिकट बिक्रीबाट आउने ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ। आज क्यानले शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पमा परी मृत्यु भएका तथा घाइते परिवारलाई ५० प्रतिशत रकम दिने घोषणा गरेको हो।

    क्यानले फेसबुकमार्फत भनेको छ,‘आइसिसी टि-२० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं।’ क्यानले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

    आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपालले ओमानसँग खेल्ने भएको छ। नेपाल र ओमानबीचको फाइनल खेल आइतबार त्रिवि क्रिकेट मैदानमा हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार