काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
रूपन्देहीको सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-८ बैकुन्ठपुरस्थित सडकमा लु.९० प ४१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका-१४ रेक्सहवा बस्ने २७ वर्षीय दिपेन्द्र साहानीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता सप्तरीको सप्तकोशी नगरपालिका-११ भगनी मलेठस्थित सडकमा रोकी राखेको बा.१० च ७१६४ नम्बरको पिकअपमा को.२८ प ५६१२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ कमलपुर बस्ने २३ वर्षीय दिपेन्द्र शर्मा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानिय धर्मेश्वर अस्पताल ठेलिया हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका-६ औरहास्थित सडकमा वीरगंजबाट औरहातर्फ जाँदै गरेको प्रदेश ०२-०३-००९ प ७०३० नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय ब्रहमदेव महराको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend