काठमाडौँ । आजदेखि देशभर नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज तथा प्रदर्शनमा आएको छ । आज फूलपातीको अवसर पारेर ६ दिन दसैँको बिदालाई मध्यनजर गर्दै प्रदर्शनमा आएको फिल्म प्रति दर्शक उच्च अपेक्षा छ । फिल्मले बम्पर कमाई गर्ने देखिएको छ ।
फिल्मका लागि देशभरका मल्टिप्लेक्सहरुले राम्रो शो दिएको छ । दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले आफ्नो तीन स्टेसनमा फिल्मलाई १५ शो दिएको छ । काठमाडौँका वान सिनेमाजले दुई स्टेसनमा कूल १३ शो, रञ्जना सिनेप्लेक्स, विएसआर मुभिज र बिग मुभिजले समान ६/६ शो, एफक्यूबले ९ शो दिएको छ । कीर्तिपुर सिनेप्लेक्सले पनि राम्रो शो दिएको छ ।
फिल्मले देशभरका मल्टिप्लेक्सहरुमा डेढ सयभन्दा बढी शो पाएको देखिन्छ । शनिबार सबै शो हाउसफुल भएको अवस्थामा पनि छ । फिल्मले २ करोडमाथि ओपनिङ गर्ने अनुमान गरिएको छ । सिंगल थियटरमा पनि फिल्मले राम्रो दर्शक पाउने अनुमान छ ।
७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को एक चरित्र ‘भष्मे डन’मा केन्द्रित फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।
दीपेन्द्र के. खनालद्वारा निर्देशित यस फिल्मको निर्माता तथा लेखक खगेन्द्र लामिछाने रहेका छन्।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend