काठमाडौँ । आजदेखि देशभर नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज तथा प्रदर्शनमा आएको छ । आज फूलपातीको अवसर पारेर ६ दिन दसैँको बिदालाई मध्यनजर गर्दै प्रदर्शनमा आएको फिल्म प्रति दर्शक उच्च अपेक्षा छ । फिल्मले बम्पर कमाई गर्ने देखिएको छ ।
फिल्मका लागि देशभरका मल्टिप्लेक्सहरुले राम्रो शो दिएको छ । दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले आफ्नो तीन स्टेसनमा फिल्मलाई १५ शो दिएको छ । काठमाडौँका वान सिनेमाजले दुई स्टेसनमा कूल १३ शो, रञ्जना सिनेप्लेक्स, विएसआर मुभिज र बिग मुभिजले समान ६/६ शो, एफक्यूबले ९ शो दिएको छ । कीर्तिपुर सिनेप्लेक्सले पनि राम्रो शो दिएको छ ।
फिल्मले देशभरका मल्टिप्लेक्सहरुमा डेढ सयभन्दा बढी शो पाएको देखिन्छ । शनिबार सबै शो हाउसफुल भएको अवस्थामा पनि छ । फिल्मले २ करोडमाथि ओपनिङ गर्ने अनुमान गरिएको छ । सिंगल थियटरमा पनि फिल्मले राम्रो दर्शक पाउने अनुमान छ ।
७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को एक चरित्र ‘भष्मे डन’मा केन्द्रित फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।
दीपेन्द्र के. खनालद्वारा निर्देशित यस फिल्मको निर्माता तथा लेखक खगेन्द्र लामिछाने रहेका छन्।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend