काठमाडौं । मुस्लिम इत्तेहाद संगठन नेपालले इजरायल–प्यालेस्टाइन द्वन्द्व चरम उत्कर्षतर्फ अघि बढिरहेकोमा चिन्ता प्रकट गरेको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्व चरम उत्कर्षतर्फ अघि बढिरहँदा सिंगो विश्व सशंकित बनेको छ र दुई ध्रुवमा विभाजित बन्दै गएको छ ।
संगठनका अध्यक्ष ताज मोहम्मद मियाँले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘इजरायल–प्यालेष्टाइन चरम द्वन्द्वका कारण हजारौं नागरिकको हत्या भएको, हजारौंकै संख्यामा घाइते हुनुपरेको र लाखौं मानिस बेघरबार बन्नुपरेको कारुणिक अवस्था विद्यमान छ ।
यसैक्रममा इजरायलले युद्धको घोषणा गरी प्यालेस्टाइनको भूमिमा रहेका अस्पताल तथा मानव बस्तीमा आततायी ढंगबाट रकेट आक्रमण गरी ५ सय भन्दा बढी निहत्था नागरिकको एकै दिन एकै स्थानमा हत्या गरेको घटना सार्वजनिक भएको छ । मानवीय सेवा गर्ने एक महत्वपूर्ण स्थान हो, अस्पताल ।
अस्पतालमै आक्रमण गरी अबोध बालबालिका, निर्दोष नागरिक र सेवामा खटिएका स्वास्थ्यकर्मीको नरसंहार गरिनु मानवअधिकारको गम्भीर उलंघन र अक्षम्य अपराध भएको हाम्रो ठहर छ । मुस्लिम इत्तेहाद संगठन नेपाल यस घटनाको घोर भत्र्सना गर्दै नेपाल सरकार तथा राष्ट्र संघ समक्ष यस कार्यको भत्र्सना गर्न जोडदार माग गर्दछ ।
यसरी प्यालेस्टाइनमा साम्राज्यवादको पक्षपोषणबाट सिर्जित गम्भीर मानवीय संकट र आमनागरिकको नरसंहार गर्ने इजरायली हमला कुनै पनि कोणबाट सह्य हुन सक्दैन । तसर्थ, यो भीषण संकटको तत्काल समाधानका लागि सन १९४७ मा राष्ट्रसंघ समक्ष गरिएको द्विपक्षीय सम्झौताको अक्षरशः कार्यान्वयन गर्दै संवादबाट शान्ति स्थापना गर्न सम्बद्ध सबै पक्षसँग हाम्रो संगठन जोडदार माग गर्दछ ।
साथै यस घटनामा परी ज्यान गुमाउने, अंगभंग हुने र वेपत्ता पारिएका नागरिकबारे सत्य तथ्य पत्ता लगाई मानवीय सहायता उपलब्ध गराउन र द्वन्द्वबाट उत्पन्न मानवीय संकट समाधानमा केन्द्रित बन्न शान्तिका पक्षधर अन्तर्राष्ट्रिय संघ संस्था समक्ष हार्दिक अपील गर्दछौं ।’
हेर्नुहोस् विज्ञप्ति

गोरखामा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले हिजो (बिहीबार) वकिलहरूमार्फत...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend