Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • घटस्थापना पछि ३ लाख ५८ हजार मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिए


    बिहिबार, कार्तिक २ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ । बुधबार दिनभरमा ९१ हजार १०८ जनाले उपत्यका छाडेका छन् ।

    काठमाडौँको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट बुधबार ९१ हजार १०८ जना बाहिरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए ।

    घटस्थापना पछि ३ लाख ५८ हजार ७६२ जनाले उपत्यका छाडेका छन् । घटस्थापना (असोज २८) बाट असोज ३० सम्ममा २ लाख ६७ हजार ६५४ जनाले उपत्यका छाडेका थिए । तर, बुधवारबाट उपत्यका छाड्नेको सङ्ख्या बढेको छ ।

    चाडपर्वको समयमा हुनसक्ने सुरक्षा चुनौती र दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार