काठमाडौँ। भारत सरकारले चामल निर्यातमा रोक लगाउने नीतिलाई संशोधन गर्दै यो वर्ष नेपालका लागि ९५ हजार टन चामल निर्यात गर्न दिने निर्णय गरेको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई निर्यातमा लगाएको रोकसम्बन्धी नीतिलाई संशोधन गरेको जनाएको हो । तर, भारतले बासमतीबाहेकका मोटा चामल मात्रै निर्यातका लागि खुला गरेको जनाएको छ ।
भारतले बासमतीबाहेकको चामल निर्यातमा खुकुलो नीति लिए पनि नेपाललाई भने खासै असर नपर्ने अधिकारीहरू बताउँछन् । नेपालबाहेक क्यामरुनलाई एक लाख ९० हजार टन, आइभोरिकोस्ट र गिनियालाई समान एक लाख ४२ हजार टन, मलेसियालाई एक लाख ७० हजार टन, फिलिपिन्सलाई दुई लाख ९५ हजार टन र सिसेल्सलाई आठ सय टन चामल निर्यातका लागि खुला गरेको महानिर्देशनालयले सूचनामार्फत जनाएको छ ।
भारतले चामल निर्यातमा रोक लगाएपछि नेपाली बजारमा मागअनुसार आपूर्ति गर्न कठिनाइ भएको भन्दै मूल्य बढाइएको छ ।
गोरखामा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले हिजो (बिहीबार) वकिलहरूमार्फत...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend