काठमाडौँ । कोशी प्रदेश सरकारमा नेकपा एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने तयारी गरेको छ । कोशीमा मुख्यमन्त्रीसहित नौ वटा मन्त्रालय छन् ।
एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेसँगै एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रालय भागबण्डा गर्न सकस पर्ने देखिएको छ ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि मन्त्रालयको भागबण्डा गर्नुपर्ने एमालेको माग छ । यता मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने बताइसकेको छ भने कांग्रेसको संस्थापन पक्षले पनि विश्वासको मत दिने तयारी गरेको छ ।
कात्तिक १ गते बुधबार विश्वासको मत लिने आसयसहित प्रदेश सभा बैठक बोलाइएको छ । त्यसअघि आज मंगलबार मुख्यमन्त्री कार्कीले एमाले लगायतका दलसँग छलफल गरेर मन्त्रालय भागबण्डा टुंग्याउने तयारी गरेका थिए । तर, मंगलबार पनि कार्कीले समय अभाव भन्दै दलहरुसँग छलफल गरेका छैनन् ।
‘आज मंगलबार मुख्यमन्त्री कार्की र हामी बसेर मन्त्रालय भागबण्डा र विश्वासको मतबारे छलफल गर्ने भनिएको थियो तर मुख्यमन्त्रीले समय अभाव भयो भनेर मंगलबारको छलफल हुन सकेन’, एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती भण्डारीले भने, ‘अव बुधबार बिहान बसेर छलफल गर्छौ ।’
नेता भण्डारीका अनुसार एमालेले ५ वटा मन्त्रालयमा दाबी गरेको छ । ‘हाम्रै साथ र सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्नुभएको हो । त्यस्तो अवस्थामा एमालेले अहिले ५ वटा मन्त्रालय दाबी गर्नु स्वभाविक हो’, कार्कीले भने, ‘नौ वटा मन्त्रालयमा एमालेले ५ वटामा दाबी गरेपछि बाँकी मन्त्रालय मुख्यमन्त्रीले ककसलाई दिनुहुन्छ त्यो उहाँको कुरा हो ।’
कांग्रेसको शेखर समूहका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
कोशीमा यसअघि एक वर्षको अवधिमा एमालेका हिक्मत कार्की र कांग्रेसका उद्धव थापा २/२ पटक मुख्यमन्त्री बनेपछि एमालेका कार्कीले दोस्रो पटक विश्वासको मत नपाउने स्थिति बन्दा राजीनामा गर्न पुगेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend