काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा कार्टुन बिधाको व्यवसायिकताका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिनुभएको छ ।
काउन्सिलको आयोजना, कार्टुनिस्ट क्लबको संयोजन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नक्सालमा भएको सञ्चार माध्यममा कार्टुन र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यवसायिक सुरक्षा आवश्यक रहेको औँल्याउनुभयो ।
‘कार्टुनले पत्रकारितालाई रचनात्मक र रोचक बनाउछ । यो हेर्दा नकारात्मक जस्तो लागे पनि यसले दिने सन्देश सधैँ सकारात्मक हुन्छ । पत्रकारिताको विज्ञापन बजार, अनलाइन पत्रकारिता सँगसँगै कार्टुन विधालाई अघि बढाउन पहल जरुरी छ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो–‘पत्रकारितालाई जीवित बनाइराख्न पनि कार्टुन बिधा बाँच्नुपर्छ । आधुनिक पत्रकारितामा कार्टुनलाई समावेश गर्न सकियो भने पत्रकारिता जीवित रहन्छ ।’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हार्तम्छलीले कार्टुनिस्टका समस्या र व्यावसायिकताका विषयमा राज्यस्तरबाट काउन्सिलले चासो दिएकोमा खुसी व्यक्त गर्नुभयो । कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिजले कार्टुनको मर्म भनेकै विकृति विसंगतिमाथि व्यंग्य भएको उल्लेख गर्दै त्यसमा राज्य जोडिँदा कार्टुनिस्टलाई सधैँभरी असुरक्षाको त्रास हुने गरेको बताउनुभयो ।
कार्टुनिष्टहरुसँग आचारसंहितासहित काउन्सिलले पहिलोचोटी यो तहको कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै कार्टुनिस्ट रविन सायमी र अविन श्रेष्ठले पत्रकारितासँगै कार्टुन बिधाकोे व्यावसायिक सुरक्षाका निम्ति काउन्सिलले अभिभावकीय भूमिका निभाउनुपर्ने बताउनुभयो । स्वतन्त्र कार्टुन प्रकाशन गर्दा कानुनमा भएका व्यवस्थाका आधारमा राज्यबाटै असुरक्षित हुनुपरेकाले कानुनका बुँदा सच्याउन दबाब दिनुपर्ने उहाँहरूको भनाइ थियो ।
कार्टुनिस्ट राजेश केसीले पत्रकारितामा कार्टुनिस्ट भनेर राज्यले परिचय दिन नसक्दा फरक परिचयपत्र बोकेर हिँड्नुपरेको बताउनुभयो । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने कानुनका दफा पत्रकारिताको हकमा आकर्षिक नहुने भन्दै कार्टुनिस्टमाथि कुनै पनि तवरबाट नाजायज दबाब वा असुरक्षा भयो भने नेपाल पत्रकार महासंघ त्यसका विरुद्ध लड्ने प्रष्ट पार्नुभयो ।
कार्टुनिस्ट अशोकमान सिंह तथा ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सौरगङ्गा दर्शनधारी लगायतले कार्टुनिस्टको व्यावसायिक समस्याका विषय भएको छलफल महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ काटुनिस्ट मोहनश्याम महर्जन खोकनालाई काउन्सिलले सम्मान गरेको थियो । सम्मानपछि बोल्दै कार्टुनिस्ट खोकनाको आफ्नो जन्मस्थलको परिचय सबैतिर पुग्नुपर्छ भन्ने हेतुले आफ्नो नाम नै खोकना राखेको बताउनुभयो ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र कार्टुनिस्ट रवि मिश्रको कार्यपत्र रहेको थियो । काउन्सिलका सदस्य दीपक पाण्डेले सहजीकरण गरेको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले स्वागत गर्नुभएको थियो ।
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् । प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend