Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने


    सोमबार, असोज २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आउँदो कात्तिक १ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

    कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई सोमबार दिएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेश सभालाई सूचना दिनुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्था छ।

    यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ।

    मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार