Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज विदेशी मुद्राकाे विनिमय दर, युराेकाे भाउ झन्डै १४० रूपैयाँ


    सोमबार, असोज २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दरमा १६० रुपैयाँ तथा बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५३ रुपैयाँ कायम भएको छ भने युरोपियन युरो एकको खरिद दर १३९.७२ रुपैयाँ तथा बिक्री दर १४०.३५ रुपैयाँमा कारोबार हुनेछ।

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४४ रुपैयाँ र बिक्री दर १६२.१७ रुपैयाँले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८३.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०२ रुपैयाँ तथा क्यानेडियन डलर खरिद दर ९७.३१ तथा बिक्रीदर ९७.७६ रुपैयाँ रहेको छ।

    साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६० रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ र बिक्री दर २८.२४ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार