काठमाडौं । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलाको इजलासले सहकारीका कोषाध्यक्ष रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बचतकर्ताको सहकारीविरुद्ध उजुरी दिएपछि गत भदौ २४ गते सहकारीका पूर्वसञ्चालक गितेन्द्रबहादुर (जीबी) राई, कुमार रम्तेलसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुजी जारी भएको थियो ।
रम्तेल भदौ २५ गते काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि दोस्रोपटक थप १२ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले केही दिनअघि सहकारीको ठगीसम्बन्धी घटनामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सहकारी ऐनअनुसार ठगी मुद्दामा प्रहरीले १९ जनालाई विपक्षी बनाउँदै ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्न सरकारी वकिललाई राय दिएको थियो ।
सोहीअनुसार सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । रम्तेलबाहेक पक्राउ पुर्जी जारी भएका १८ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend