काठमाडौं । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलाको इजलासले सहकारीका कोषाध्यक्ष रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बचतकर्ताको सहकारीविरुद्ध उजुरी दिएपछि गत भदौ २४ गते सहकारीका पूर्वसञ्चालक गितेन्द्रबहादुर (जीबी) राई, कुमार रम्तेलसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुजी जारी भएको थियो ।
रम्तेल भदौ २५ गते काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि दोस्रोपटक थप १२ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले केही दिनअघि सहकारीको ठगीसम्बन्धी घटनामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सहकारी ऐनअनुसार ठगी मुद्दामा प्रहरीले १९ जनालाई विपक्षी बनाउँदै ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्न सरकारी वकिललाई राय दिएको थियो ।
सोहीअनुसार सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । रम्तेलबाहेक पक्राउ पुर्जी जारी भएका १८ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend