Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • मैले संसदमा बोल्दा उनीहरुको मन भतभती पोल्यो: ओली


    बिहिबार, असोज १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन् ।

    आज पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेश कमिटीको शपथग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा उनले
    यस्तो बताएका हुन् ।

    उनले आफूले मंगलबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताए ।

    उनले भने,‘हिजो मैले पार्लियामेन्टमा अलिकति बोलेँ । त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपिनसक्नुभयो । के गरौं, के गरौं भनेर चिथोरौं झैं लाग्यो । तर भन्ने के भन्दा गिरीबन्धु टी इस्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा ।’

    एमालेको बिरोध गर्न गिरिबन्धु टी इस्टेटको कुरा गरे पनि त्यसको छानबिन गरेर देखाउन उनले चुनौती दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार