काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भुक्तानी प्रणालीका सामान खरिद गर्ने क्रममा अनियमितता भएको ठहर गर्दै नेपाल टेलिकमका प्रबन्ध संचालक सुनिल पौडेल, बाणिज्य सचिव मधुकुमार मरासिनीसहित ९ जनाबिरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक र मरासिनी अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख भएको समयमा ५ बर्षअघि २५ करोड रुपैयाँ बराबरका राष्ट्रिय भुक्तानी प्रणालीका सामान खरिद गरिएको थियो ।
रातो कितावमा समावेश नै नभएको योजना मरासिनीले आर्थिक वर्षको अन्त्यमा छनोट गरी बजेट निकासा गरेकाले उनीमाथि आयोगले मुद्दा दायर गरेको जनाएको छ । अर्थमन्त्रालयका कम्प्युटर अधिकृत ठेकु श्रेष्ठले मरासिनीकै निर्देशनमा आफूले आफ्नो युजर आइडी प्रयोग गरेर कार्यक्रम इन्ट्री गरेको बयान दिएका छन् । उनलाई अख्तियारले सरकारी साक्षीका रुपमा राखेको छ ।
अख्तियारले राष्ट्रिय भुक्तानी प्रणालीका सामान खरिदको नीतिगत निर्णय गर्नेमुख्यसचिव बैकुन्ठ अर्यालसँग पटक पटक बयान लिए पनि उनलाई मुद्दा नचलाई उन्मुक्ति दिएको छ । अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव भएको समयमा राष्ट्रिय भुक्तानी प्रणालीका सामान खरिद गरिएको थियो । संचार मन्त्रालयको सचिवका रुपमा अर्याल राष्ट्रिय राष्ट्रिय भुक्तानी प्रणालीसम्बन्धी नीतिगत निर्णय गर्ने निर्देशक समितिको संयोजक थिए ।
आवश्यक तयारीविना राष्ट्रिय सूचना प्रविधि केन्द्रले नेशनल पेमेन्ट गेट वे निर्माणको निर्णय गरेको थियो । सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक(हाल निलम्बित) विकल पौडेलको डिजाइनमा सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलले नेशनल पेमेन्ट गटे वेका सामान खरिद प्रक्रिया अगाडि बढाएका थिए ।
आवश्यक तयारीबिना नै पेमेन्ट गेटवेका सामान पाँच वर्षअघि नै खरिद गरेकाले उपयोग हुन नसकेको बिषय महालेखा परीक्षकको कार्यालयले समेत औंल्याएको थियो । महालेखाको प्रतिवेदनले अनियमितता भएको बिषय उठाएपछि अख्तियारले छानबिन गरेको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend