Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • रोल्पामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु


    सोमबार, असोज १५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ‍काठमाडौं । रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना हुँदा उनकाे मृत्यु भएकाे हो ।

    मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् ।

    दुर्घटनामा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।

    प्रहरीले जेसीबी चालक २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार