Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • बजार अनुगमन थप प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन


    शुक्रबार, असोज १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्यवृद्धि र कालोबजारी कडाइका साथ नियन्त्रण गर्नेगरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

    बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको जनगुनासो बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी समेत लिँदै उक्त निर्देशन दिएका हुन् ।

    बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, निमित्त मुख्य सचिव, गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरु सहभागी थिए ।

    बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कालोबजारी तथा अस्वभाविक मूल्यवृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढाउन आग्रह गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार