Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूको प्रश्न- पेसा छोडौँ कि देश ?


    बुधबार, असोज १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आन्दोलनरत चिकित्सकहरूले आज (बुधबार) पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । दिनप्रतिदिन चिकित्सकमाथि भएको कुटपिटको विरोधमा विभिन्न अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरेका छन् ।

    उनीहरूले ‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ ? नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने’लगायत प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

    उनीहरूले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । ‘स्वास्थ्यकर्मीमाथि दिनहुँ भौतिक आक्रमण, हातपात तथा दुव्र्यवहार भइरहेको छ । कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुन सकेको छैन,’ आन्दोलनरत चिकित्सकहरुले भने, ‘कार्यस्थलमा असुरक्षित महसुस गरेर सडकमा उत्रिएका हौँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार