Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते


    मंगलबार, असोज ९ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । आज बिहान काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।

    काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

    अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको बताइएको छ ।दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार