Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठकमा गगन थापाले प्रस्तुत गरे प्रगति विवरण


    बिहिबार, असोज ४ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको छ । पार्टी कार्यालय सानेपामा उक्त बैठक जारी छ।

    उक्त बैठकमा महामन्त्री गगन थापाले अघिल्लो बैठकमा गरेका निर्णयहरू कार्यान्वयनको अवस्थासहित आगामी कार्ययोजनाका बारेमा जानकारी गराए ।

    उनले यसअघिको बैठकबाट भदौ १५ भित्र विभाग बनाउने निर्णय भएकोमा अहिलेसम्म १६ विभाग बनेको र ५४ विभाग बन्न बाँकी रहेको जानकारी दिए ।

    गठन भएका १६ विभागमध्ये प्रचार विभागको मात्र विस्तार भएको भन्दै अन्य विभागको विस्तार बाँकी रहेको बताए ।

    यसैगरी नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू विभिन्न जिल्लामा गएको भन्दै सबैका प्रतिवेदन आइसकेको बताएका छन् ।

    थापाले अब सबै प्रतिवेदन राखेर प्रदेशवाइज छलफल गर्ने तयारी रहेको बताए। साथै उनले आवश्यक सुझावका लागि तयार हुन समेत आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार