Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • प्रधानमन्त्री वालेन र नेकपा नेता पुनबीच भेटवार्ता


    बिहिबार, भाद्र १८ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनबिच आज (बिहीबार)भेटवार्ता भएको छ।

    प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच भेट भएको हो।

    यस क्रममा प्रधानमन्त्री बालेन र नेकपा नेता पुनबिच हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढी र त्यसपछिका खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको बताइएको छ ।

    यस्तै उनीहरूबिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

    यता नेकपा नेता पुनले चाहिँ भेटमा भोटेकोसीमा बेपत्ता सबै नागरिकको खोजी, उद्धार एवं तत्कालीन र दीर्घकालीन गरी १८ बुँदे सुझाव दिएको बताएका छन्।

    यसअघि आजै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार