काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि राजधानीको सामुदायिक विद्यालयमा पठनपाठन भने ठप्प रहेको छ। संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका छन् ।
सो कारण शिक्षकहरुले आन्दोलन गर्दा राजधानीको सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरु स्कुलै खुला पो छ कि भनेर आज सधैँझै विद्यालय समयमा पुगे । तर, विद्यालयको गेट बन्द नै थियो । अभिभावक र विद्यार्थीलाई विद्यालय बन्दबारे कुनै जानकारी नभएपछि उनीहरु न स्कुल खुलै पो छ कि भनेर विद्यालयसम्म पुगेका थिए ।
तर, विद्यालय खुला नभएपछि उनीहरु निराश हुँदै घर पर्किएका छन् । ललितपुरको मदनस्मारक विद्यालयका कतिपय विद्यार्थीहरु अध्ययनका लागि विद्यालय त पुगे तर गेट नै बन्द थियो । ‘बिद्यालय बन्द छ भनेर खबर थिएन । तैपनि खुला छ कि भनेर आयौँ तर गेट नै बन्द रहेछ’, एक विद्यार्थीले गुनासो पोखिन् । शिक्षकहरुको आन्दोलनले पढ्न नपाएको भन्दै उनले आक्रोश पोखिन् ।
यसैगरी पाटक ढोकास्थित पाटन हाइस्कुलको पनि ताल उस्तै थियो । सो स्कुलमा मदनस्मारकमा जस्तो गेट त थिएन तर त्यहाँका कर्मचारीले विद्यालय नखुल्ने भन्दै विद्यार्थीहरुलाई घर पठाइदिए ।
उसैगरी काठमाडौँ महानगर मातहका सामुदायिक विद्यालयहरु पनि आज बन्द नै छन् । महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनीका बीच पठनपाठन नभएको हो ।
विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक संघको आह्वानमा शिक्षकहरु आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो । शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गरेर आफ्नो माग पुरा गर्न दबाब दिइरहेका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend