Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • निजगढबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, ८ जना घाइते


    बुधबार, असोज ३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। बारामा काठमाडौं आउँदै गरेको सुमो गाडी ब्रेक फेल भएर दुर्घटना भएको छ। उक्त सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

    आज बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका-२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुमो चालक निजगढ नगरपालिका-९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    निजगढ-८ का २० वर्षीय विकासकुमार चौधरी, ६४ वर्षीय नेथुलाल चौधरी, उनकी ६३ वर्षीया श्रीमती सजियादेवि चौधरी, १७ वर्षीय आदित्य भण्डारी, ३० वर्षीया सुमित्रा पौडेल र उनका ८ वर्षीय छोरा सारान्स न्यौपाने घाइते छन्।

    यस्तै जितपुर सिमरा उपमहानगर-१६ पुलिवा बस्ने ३१ वर्षीय आरती तामाङ र सिन्धुली दुधौली नगर-९ का ७ वर्षीय किसान पोखरेल घाइते छन्।

    उनीहरूको एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार