Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय नेपालीमा पढाउन नपाइने, अंग्रेजी अनिवार्य


    बुधबार, भाद्र २७ २०८०
    1.4K
    Shares
    Business school professor teaching explaining and writing formula on chalkboard. Business man teacher standing at class blackboard. Flat style isolated vector character illustration on white background.
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अबदेखि विद्यालय शिक्षासम्बन्धी कानुनलाई सम्बोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यालयहरुले गणित, विज्ञान र कम्प्युटर विषय नेपाली भाषामा पढाउन नपाउने नियम व्यवस्था गरिएको छ ।

    यी विषयहरु अंग्रेजी भाषामा मात्र पढाउने व्यवस्था विधेयकमा राखिएको छ । विधेयक बुधबार संसद् सचिवालयमा दर्ता गरिएको छ ।

    “शिक्षणको माध्यम भाषा नेपाली, संस्कृति, मातृभाषा वा अंग्रेजी हुन सक्ने, त्यसमध्ये गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा अध्यापन गराउनु पर्ने,” विधेयकमा उल्लेख छ ।

    सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषामा अध्यापन गराउनु पर्ने व्यवस्था विधेयकमा छ ।

    “यसबाट पठनपाठन प्रभावकारी हुनुका साथै उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेलाई सहज हुन जानेछ,” विधेयकमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार