Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलसँग सिउङही पार्कले गरे शिष्टाचार भेट


    सोमबार, भाद्र २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेको बताइएको छ । भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।

    नेपालमा सञ्चालन गर्न सकिने फयाक्ट्री, सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधि सम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औधोगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार