Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते


    शनिबार, भाद्र २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। गएराति बर्दियाबाट भ्रमणमा हिंडेको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

    बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार