Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश


    बिहिबार, भाद्र २१ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।

    न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै ठूलो दलको नेताको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न आदेश दिएको हो ।

    योसँगै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार