विराटनगर। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने उल्लेख गरेको छ । सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेपछि एमालेले कुनै हालतमा सभामुखको प्रयोग गर्न नमिल्ने बताएको हो ।
‘संविधान भन्दा बाहिर गएर गरेको कुराको पालना कसैले गर्छ र ? संविधान मिच्छ दिन्छौं र हामी कसैलाई ?,’ एमाले संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने,‘ संविधान मिच्न पाइदैन, एमालेले संविधान मिच्न दिदैन ।’
उनले सरकारमा दाबी पेश गर्दा सभामुखको प्रयोग गर्न संविधानले नै परिकल्पना नगरेको बताए । ‘सभामुखको प्रयोग गर्नै मिल्दैन, गर्ने भए संविधान च्यात्नुपर्यो पहिला,’ उनले फेरि भने,‘ अहिले संविधान च्यात्नका लागि उद्धव थापालाई, राजेन्द्र राईलाई अथवा इन्द्र आङ्बोलाई अधिकार छ र ? त्यो सम्भव नै छैन, सम्भव नभएको कुरामा बहस गर्न आवश्यक छैन ।’
उनले संविधानको धारा १६८ को २ अनुसार एमालेले सरकारमा दाबी नगर्ने र आज बेलुका ५ बजेपछि १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुने बताए ।
बहुमतको सरकारका लागि एमालेले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले बहुमतको सरकारमा दाबी नगर्ने बताए । ‘दाबी कसरी गर्नु हामीले, दाबी त बहुमत पुर्याएर गर्नु पर्यो आज त,’ उनले भने,‘ भरे ५ बजेपछि हाम्रो पालो आउने हो ।’
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ नै छ । ४० सिटको एमाले प्रतिपक्षमा छ । ६ सिटको राप्रपाले उद्धव थापालाई सहयोग नगर्ने बताएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend