काठमाडौँ। आज बिहान सिन्धुपाल्चोकमा गाडी दुर्घटना भएको छ। उक्त गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
आज बिहान साढे ३ बजे दोलखाबाट काठमाडौं आउँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपिओ गाडी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोस्थित जिरी-लामोसाँघु सडक खण्डमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार गाडी अनियन्त्रित भई घुम्ती सडकबाट अन्दाजी तीन यस मिटर तल सडकमा खसेको थियो।
दुर्घटनामा परी चालक काठमाडौंको नागार्जुन नगरपालिका-४ का ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि खाडीचौरको सिन्धु सदाबहार अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुरघटनामा अन्य ४ जना घाइते भएका छन्।
रामेछापको उमाकुण्ड गाउँपालिका-२ का ३७ वर्षीया संगिता बराइली, उनकी ८ बर्षीया छोरी युशा बराइली, रामेछापकै गोकुलगंगा गाउँपालिका-१ का ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका-७ का १४ वर्षीय प्रमोद महर्जन घाइते भएका छन्।
उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इन्सपेक्टर यादवले जानकारी दिए।
उक्त दुर्घटनाग्रस्त गाडी सडकमै रहेकाले सवारीसाधन एकतर्फी सञ्चालनमा छ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend