Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते


    आइतबार, भाद्र १७ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको लामोसाँघु(जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार ६ जना घाइते भएका छन् । बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान दुई बजेतिर दुर्घटना भएको थियो ।

    दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार