झापा। झापाको कनकाई पुलमा दुई वटा मोटरसाइकल एकापसका ठोक्किँएको छ। उक्त दुई वटा मोटरसाइकल एकापसका ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ। दुर्घटनामा बाह्रदशी गाउँपालिका- ५ निवासी १८ वर्षीया जेसिका सिग्देलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
शिवसताक्षी नगरपालिका- १० स्थित कनकाई पुलमा बुधबार साँझ ७ बजे मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका- ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको दाहिने कानबाट रगत बग्दा गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र जेसिकाको सोही अस्पतालमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको डीएसपी रिजालले बताए ।
त्यस्तै को ३१ प ९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका-१ निवासी ४० वर्षीय सुरेश राई र सोही मोटरसाइकल पछाडि इलाम जिल्ला चुलाचुली नगरपालिका- ४ निवासी २९ वर्षीय निश्चल चेमजोङ घाइते भएका थिए । घाइते दुवै जनाको टाउको, हातखुट्टामा चोट लागेको र उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
साइकल यात्री अर्जुनधारा नगरपालिका- ५ निवासी ६३ वर्षीय गङ्गा तामाङको दायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरी घर फर्किसकेको प्रहरीले जनाएको छ ।
यता दुर्घटनामा परेका दुवै मोटरसाइकललाई अस्थायी प्रहरी चौकी माईधारले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend