Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अरनिको हाइवेमा सडक दुर्घटनामा परी अनेरास्ववियुका दुई नेताको मृत्यु


    शनिबार, भाद्र ३० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

    आज दिउँसो सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्याङ्कर र मोटरसाइकल आपसमा ठोकिँदा अनेरास्ववियु सिन्धुपाल्चोक सह–संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए । दुर्घटनापछि उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा सोही अस्पतालमा उनीहरूको मृत्यु भएको हो ।

    खाडीचौरबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्याङ्कर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको प्रहरी कार्यालय बलेफीले जनाएको छ । ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार