काठमाडौं। नेपाली आधुनिक तथा लोकगायिका सिन्धु मल्ललाई अस्ट्रेलियन दूतावासले भिसा दिनबाट अस्वीकार गरेको छ। अस्ट्रेलियन दूतावासले भिसा नदिएपछि मल्लको अस्ट्रेलियामा पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएका छन्। नजिकिएको तिज विशेष कार्यक्रमका लागि मल्ल अस्ट्रेलिया जाने कार्यक्रम थियो।
तर भिसा नपाएपछि उनले कलाकार बनेर लुक्नेको असर सच्चा कलाकारलाई पर्ने बताएकी छन्। झण्डै तीन दशकको गायन यात्रामा पहिलो पटक अस्ट्रेलियाले भिसा नदिएको उनको गुनासो छ। नेपालमा मन्दी छ, नेपाली कलाकारहरू विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन भन्ने कारणले आफूले भिसा नपाएको बताउँदै उनले यस्तो कार्य नगर्न अनुरोध गरेकी छन्। ‘कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य नगर्नूहोला। यसको असर अन्य सच्चा कलाकारहरूलाई पर्दो रहेछ। विदेश मै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रकृया पूरा गरेर पूरा गरेर बस्न सक्नुहुन्छ,’ उनले भनेकी छन्।
अमेरिका, बेलायत, क्यानडा ,युरोप, जापानलगायत २० भन्दा बढी देशमा धेरै पटक कार्यक्रम गरेर समयमै फर्किए पनि अहिले अस्ट्रेलियाले भिसा नदिएपछि आफूले कलाकारिताको अपमान ठानेको उनले बताएकी छन्।
‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भाको छैन। अष्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनुअगावै नेपाल फर्किएको रेकर्ड छ,’ उनले भनेकी छन्, ‘तर यो पटक अष्ट्रेलियाले समयमा भिसा नदिएकाले मैले मेरो कलाकारिताको अपमान ठानेकी छु। यदि मेरो यो कुरा अष्ट्रेलियाको भिसा दिने निकायमा पुग्छ भने म भन्न चाहन्छु-मलाई अष्ट्रेलियामा गैरकानुनी रुपमा बस्न कुनै रहर वा बाध्यता छैन, मलाई मेरो देश नेपाल नै प्यारो छ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend