Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अष्ट्रेलियाले भिसा नदिएपछि सिन्धु मल्लले भनिन् – कलाकार भनेर लुक्नेको असर सच्चा कलाकारलाई पर्दो रहेछ


    बिहिबार, भाद्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली आधुनिक तथा लोकगायिका सिन्धु मल्ललाई अस्ट्रेलियन दूतावासले भिसा दिनबाट अस्वीकार गरेको छ। अस्ट्रेलियन दूतावासले भिसा नदिएपछि मल्लको अस्ट्रेलियामा पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएका छन्। नजिकिएको तिज विशेष कार्यक्रमका लागि मल्ल अस्ट्रेलिया जाने कार्यक्रम थियो।

    तर भिसा नपाएपछि उनले कलाकार बनेर लुक्नेको असर सच्चा कलाकारलाई पर्ने बताएकी छन्। झण्डै तीन दशकको गायन यात्रामा पहिलो पटक अस्ट्रेलियाले भिसा नदिएको उनको गुनासो छ। नेपालमा मन्दी छ, नेपाली कलाकारहरू विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन भन्ने कारणले आफूले भिसा नपाएको बताउँदै उनले यस्तो कार्य नगर्न अनुरोध गरेकी छन्। ‘कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य नगर्नूहोला। यसको असर अन्य सच्चा कलाकारहरूलाई पर्दो रहेछ। विदेश मै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रकृया पूरा गरेर पूरा गरेर बस्न सक्नुहुन्छ,’ उनले भनेकी छन्।

    अमेरिका, बेलायत, क्यानडा ,युरोप, जापानलगायत २० भन्दा बढी देशमा धेरै पटक कार्यक्रम गरेर समयमै फर्किए पनि अहिले अस्ट्रेलियाले भिसा नदिएपछि आफूले कलाकारिताको अपमान ठानेको उनले बताएकी छन्।

    ‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भाको छैन। अष्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनुअगावै नेपाल फर्किएको रेकर्ड छ,’ उनले भनेकी छन्, ‘तर यो पटक अष्ट्रेलियाले समयमा भिसा नदिएकाले मैले मेरो कलाकारिताको अपमान ठानेकी छु। यदि मेरो यो कुरा अष्ट्रेलियाको भिसा दिने निकायमा पुग्छ भने म भन्न चाहन्छु-मलाई अष्ट्रेलियामा गैरकानुनी रुपमा बस्न कुनै रहर वा बाध्यता छैन, मलाई मेरो देश नेपाल नै प्यारो छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार