Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झुटो खबर फैलाएको भन्दै चार फेसबुक पेजविरुद्ध समीक्षा अधिकारीले दिइन् उजुरी


    सोमबार, भाद्र ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चर्चित गायिका समीक्षा अधिकारीले आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै चार फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

    गायिका अधिकारीले ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबर झुटो भएकाे भन्दै उजुरी दिएकी हुन्।

    उनले जिल्ला प्रहरी कार्यालय, कास्कीको साइबर ब्युरोमा उजुरी दिएकी हुन्।

    उनले लेखेकी छन्, ‘मलाई अस्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरूप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु।’

    तीज कार्यक्रममा लागि अस्ट्रेलिया जान लागेकी गायिका समीक्षा अधिकारीको भिसा अस्ट्रेलिया सरकारले रद्द गरिदिएको थियाे।

    भिसा रद्द भएपछि सामाजिक सञ्जालमार्फत् समीक्षाले आफूलाई अस्ट्रेलियन सरकारले ब्ल्याक लिष्टमा राखेको नभई कागजात नपुगेका कारण रद्द गरिएको जानकारीसमेत दिएकी थिइन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार