Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • धरान गौहत्यामा संलग्न आरोपीहरूमाथि अनुसन्धान अन्तिम चरणमा, पक्राउ गरी मुद्दा चलाउने प्रहरीको तयारी


    आइतबार, भाद्र १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जालमा केही दिनअघि नेपालको राष्ट्रिय जनावर गाई र गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ । उक्त घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

    यस्तै नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । गाइगोरु काट्नेहरूमाथि ३ वर्षसम्मको जेल सजायको व्यवस्था छ ।

    यसैगरी गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै धरानमा भोज गरिएको थियो । उक्त भोजको भिडिओ युट्युबमा अपलोड गरेर उक्त भोजको भिडिओ युट्युबमा अपलोड भएपछि विवाद उब्जिएको हो ।

    सुनसरीका पत्रकार महासंघका अध्यक्षसमेत रहेका अभियन्ता जनकऋषी राईसमेतको संलग्नतामा गाइगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरिएको थियो । भिडिओमा देखिएका अन्य व्यक्तिहरू परिचित होइनन् ।

    प्रजिअ अधिकारीले धरौटीमा छुटेका दुई जनालाई अदालतमा मुद्दा दायर गर्न लागिएको बताइन् ।

    ‘धरौटीमा छुटेकाहरूमाथि मुद्दा दायर हुँदैछ । त्यसपछि भएको घटनामा संलग्नहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।

    भिडियोमा देखिएकाहरू गाई गोरुको मासु नै खाएका हुन् वा यत्तिकै प्रपोगण्डा गरेका हुन् भन्ने अनुसन्धान गर्न केही समय लागेको बताइन् ।

    ‘घटनाको वास्तविकता पत्ता लगाउन अलिकति समय लागेको हो, अब छिट्टै पक्राउ पूर्जी जारी गरेर मुद्दा दायर गरिनेछ,’ उनले भने ।

    भिडियो हाल्ने, सेयर गर्ने तथा सामाजिक सञ्जालबाट आपत्तिजनक टिप्पणी गर्नेहरु पनि छानबिनमा तानिने उनले बताइन् ।

    ‘मूल भिडिओ कसले खिचेको हो, त्यो पत्ता लगाउनुपर्‍यो । साँच्चै गोरुको मासु खाएका हुन् कि होइनन्, खाएका हुन् भने कहाँबाट ल्याए सबै बुझ्नुपर्ने हुन्छ । यसले गर्दा अलिकति ढिलाइ भएको हो । अब मुद्दा दायर गर्ने अवस्थामा पुगेका छौँ,’ उनले भनिन् ।

    कति जनाविरुद्ध मुद्दा दायर हुँदैछ भन्ने उनले जानकारी दिन चाहिनन् । गोपनीयताका कारण को र कति जना यसमा संलग्न छन् भन्ने सार्वजनिक गर्न नमिल्ने पाण्डेको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार