Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते


    बिहिबार, भाद्र ७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुधबार राति जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

    दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटना पछि बसका चालक फरार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार